जापानमा एक नेपाली विद्यार्थीको मृत्यु

डिसी नेपाल
२१ मंसिर २०७६ ५:४३

काठमाडौँ । अध्ययनका लागि जापान गएका एक नेपालीको ज्यान गएको छ । डडेलधुरा भद्रपुर ५ घर भई हाल काठमाडौं बस्दै आएका २५ वर्षीय सुरज मल्लको गत आइतबार बिहान उपचारको क्रममा जापानको अस्पतालमा निधन भएको हो ।

टोकियोको इकेबुकुरोमा बस्दै आएका मल्लको नेक्रोटाइजिंग एन्टरोकोलाइटिसका कारण मृत्यु भएको हो । यो रोग लागेमा आन्द्रामा समस्या उत्पन्न भई पाचन प्रणाली एवं रक्तसंचारमा गडबडी हुने र हृदयघात पनि हुन सक्ने खतरा हुन्छ ।

गत नोभेम्बर ३० तारिखका दिन राति उनलाई सास फेर्न असजिलो भएपछि इताबासीस्थित निहोन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको र उपचारकै क्रममा आइतबार बिहान करीव ११ बजे तिर उनको निधन भएको प्रहरी जनाएको छ ।

प्रहरीले नेपाली राजदूतावासमार्फत नेपालमा रहेका उनका परिवारलाई खबर गरिसकेको र संभव भएसम्म स्व. मल्लका पिता आफै जापान आएर अन्त्येष्टि गर्ने तयारी भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *