मुख्यमन्त्री पौडेलद्वारा साग खेल्ने खेलाडीको प्रशंसा
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् ।
आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गरेका छन् ।
“हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद् नै छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु।
बाँकी खेलहरूबाट पनि सफल हुने विश्वासका साथ सबै खेलाडीहरूलाई अग्रिम शुभकामना” सन्देशमा उल्लेख छ।
सन्देशमार्फत पौडेलले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउँदै खेलकूदको विकासका लागि सरकारले सञ्चालन गरिरहेका गतिविधि प्रस्तुत गरेका छन् ।
पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ, “प्रदेश सरकार खेलकूदको दीर्घकालीन विकासका लागि नीतिगत रूपमा नै लागिरहेको छ।
प्रदेशमा एक अन्तराष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रङ्गशाला एवम् स्थानीय तहमा खेल मैदान स्थापना र व्यवस्थापन, सबै विद्यालयमा खेल मैदानको व्यवस्था र निर्वाचन क्षेत्रहरुमा कभर्ड हल निर्माण कार्य भैरहेको छ।
आगामी दुई वर्षमा भौतिक रुपमा हामी सक्षम हुनेछौंँ, अनि प्रदेश सरकारले खेलाडीहरुको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment