विप्लव समूहका मेचीनगर इन्चार्ज गिरी पक्राउ
नेत्रविक्रम चन्द विप्लव।
काठमाडौं। सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सदस्य एवं मेचीनगर इन्चार्ज यामकुमार गिरी पक्राउ परेका छन्। गिरीलाई प्रहरीले काठमाडौंको तिनकुनेबाट प्रक्राउ गरेको जनाएको छ।
गिरीमाथिल झापको बिर्तामोडमा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम विस्फोट गराएको आरोप छ। गिरीलाई शनिबार काठमाडौंको तिनकुनेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment