एनइसीसीले नयाँ वर्ष मनाउँदै
वाशिङ्टन। नयाँ बर्ष २०२०को अवसरमा अमेरिकावासी नेपालीहरुको संस्था नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी)ले अमेरिकाको मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा भव्य समारोह गर्ने भएको छ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै एनइसीसीले सम्पुर्ण भक्तजन तथा महानुभावहरुलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरेको छ। केन्द्रले १ जनवरी २०२० को दिन विहान ११ बजेदेखि बुद्ध पूजा र योगका साथै नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम राखेको जनाएको छ। 
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment