भारतमा झडपः थप प्रदर्शनकारीको मृत्यु

डिसी नेपाल
५ पुष २०७६ २०:४०

बीबीसी । उत्तरी भारतको प्रहरीले नागरिकताको नयाँ कानुनविरुद्ध चर्केको प्रदर्शनका क्रममा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको बताएको छ।

उत्तर प्रदेश राज्यको रामपुरमा सयौँ प्रदर्शनकारी तथा दङ्गा प्रहरीबीच झडप भएका छन्। प्रहरीले लाठीचार्ज एवं अश्रुग्यासको प्रयोग गरेको छ।

ती प्रदर्शनकारीको मृत्य कसरी भयो भन्ने प्रस्ट भएको छैन। गत केही दिनदेखि चर्किएको विरोध प्रदर्शनका क्रममा उत्तर प्रदेशमा कम्तीमा १२ जनाको ज्यान गएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *