फ्रान्सका राष्ट्रपतिले पेन्सन नलिने

डिसी नेपाल
६ पुष २०७६ १४:५०

पेरिस। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सेवानिवृत्त भएपछि पेन्सन नलिने घोषणा गरेका छन्। म्याक्रोनले अघि सारेको पेन्सन सुधार सम्बन्धी परियोजनाको विरोधमा फ्रान्समा कयौँ दिनदेखि आन्दोलन चलिरहेको छ।

फ्रान्सको कानुनअनुसार पूर्व राष्ट्रप्रमुखले प्रतिमहिना ६ हजार ८ सय ९० अमेरिकी डलर पेन्सन पाउने गर्छन्। हाल फ्रान्समा फरक पेसा र क्षेत्रमा काम गर्नेहरुका फरकफरक पेन्सन योजना लागू गरिएको छ।

म्याक्रोनको सरकारले ती सबैलाई एकै योजनाअन्तर्गत पेन्सन सुविधा दिने कार्यक्रम अघि सारेको छ। युनियनहरुले त्यसको विरोध गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *