चिनियाँ पर्यटक आकर्षण गर्ने लक्ष्य अनुरुप छन्दुमा प्रवद्र्धनात्मक कार्यक्रम

डिसी नेपाल
६ पुष २०७६ १९:०४

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धन गर्ने उद्देश्यले चीनको राजधानी छन्दुमा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । होटल एशोसिएशन अफ नेपाल (हान) ले भ्रमण वर्षमा बढीभन्दा बढी चिनियाँ पर्यटक आकर्षण गर्ने लक्ष्य अनुरुप छन्दुमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा यही डिसेम्बर अर्थात् गत मङ्सिर ३० देखि यही पुस ४ गतेसम्म छन्दुमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको हानले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले नेपाल भ्रमण वर्षका अवसरमा आयोजना गरिएको प्रवद्र्धननात्मक कार्यक्रमले चिनियाँ पर्यटकको नेपाल भ्रमणप्रति थप आकर्षण गराउने विश्वास व्यक्त गरे । बिटुबी बैठकमा चेन्दुस्थित करीब १ सय २० टुर अपरेटरको उपस्थिति रहेको उक्त कार्यक्रममा उनले सीएनएनले समेत नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको जनाउँदै नेपाल भ्रमण गर्न अनुरोध गरेका थिए ।

छन्दुस्थित लेसान नगरपालिकाका उपमेयर लियो के क्वानले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकको नेपाल भ्रमणमा आकर्षण बढेको र यस कार्यक्रमले चिनियाँ पर्यटक बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

हानका अध्यक्ष सृजना राणाले नेपालको पर्यटनको बारेमा प्रस्तुतीकरण गर्दै भ्रमण वर्षभरी खाना र बसोबासका लागि आकर्षक छुट दिइएको जानकारी गराउनुभयो । हानका महासचिव साजन शाक्यले नेपाल पर्यटन वर्षको संघारमा रहेको हुँदा चिनियाँ पर्यटकलाई स्वागत गर्न हान आतुर रहेको बताउँदै टुर अपरेटरलाई नेपाल भ्रमण गर्नका लागि आग्रह गरे । सोही अवसरमा सङ्घको अर्धवार्षिक साधारणसभा पनि सम्पन्न भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *