नेपालमा पर्यटक भित्र्याउन ओमनको ‘क्लाउड क्रस’ र नेपालको ‘एबिलीटी’ ट्राभलबीच सम्झौता

डिसी नेपाल
७ पुष २०७६ १२:४४

काठमाडौँ। सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’नजिकिदै गर्दा देशमा पर्यटन भित्र्याउने चहलपहल बढ्दो छ । देश तथा विदेशमा रहेका नेपाली संघ संस्था, तथा कम्पनीहरूले आफ्नो तर्फबाट भ्रमण वर्ष ब्यापक बनाउन र देश विदेशमा आफ्नो देशको पर्यटकीय गन्तव्य चिनाउन विभिन्न प्रयासहरू गरिरहेका छन्।

भ्रमण वर्षको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालमा भित्र्याउने हो। नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विश्वस्तरमा चिनाउने आन्तरिक र बाह्य दुवै पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ भ्रमण वर्ष २०२० घोषणा गरिएको हो ।

यसैबीचमा पर्यटन वर्ष सुरु हुनै लाग्दा यसैलाई लक्षित गर्दै ओमनमा संचालनमा रहेको ‘क्लाउड क्रस ट्राभल एण्ड टुरिजम’ नामको पर्यटनसम्बन्धी कम्पनीले नेपालमा सञ्चालित ‘एबिलिटी ट्राभल’ नामको कम्पनीसँग पर्यटक आदान प्रदान गर्ने सहमति गरेको छ । क्लाउड क्रस ओमनमा नेपालीले नै सञ्चालन गरिरहेको कम्पनी हो ।

क्लाउड क्रसका प्रबन्ध निर्देशक मुन्ना बाबु परियारका अनुसार ओमनी पर्यटक तथा ओमनमा रहेका विदेशी पर्यटकहरूलाई चाहे अनुसारको सेवा सुविधासहित सस्तो मूल्यमा नेपालमा ल्याउन दुई ट्राभलबीच सम्झौता भएको हो । त्यस्तै ओमन घुम्न चाहने नेपाली पर्यटकहरूलाई पनि सहजीकरण गर्न यो सहमति गरिएको हो ।

क्लाउड क्रस ट्राभल एण्ड टुरिजम एल एल सी ओमनमा पर्यटनको क्षेत्रमा काम गर्दै आएको कम्पनी हो । साथै यसले ओमन तथा छिमेकी मुलुकहरूमा घुम्न चाहने पर्यटकहरूका लागि भिसा तथा विश्वभर उडान गर्न चाहने यात्रुहरूको लागि हवाई टिकटको सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

सम्झौता सँगै अहिले क्लाउड क्रस ट्राभलले ओमनमा नेपाल भम्रण वर्षको प्रचारप्रसार तिव्र गतिमा अघि बढाइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *