कर कटौतीको निर्णय

डिसी नेपाल
९ पुष २०७६ १९:१६

बेइजिङ । चिनियाँ राज्य परिषद् राष्ट्रिय जन काँग्रेसको तेह्रौं स्थायी समितिको हालै सम्पन्न बैठकले सन् २०१९ कर तथा शुल्क कटौती गर्ने निर्णय गरेको अधिकारीले बुधबार जानकारी गराएका छन् ।

बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार, सन् २०१९ मा २९ खर्ब चिनियाँ युआनको कर तथा शुल्क घटेको छ । यो रकम चालू वर्षको ‘सरकारी कार्य प्रतिवेदन’ मा प्रस्तुत लक्ष्यभन्दा बढी हो ।

सन् २०१९ मा चीनले सबैभन्दा बढी कर तथा शुल्क कटौती नीतिको तर्जुमा गरेको हो । केन्द्रीय सरकारी कार्य प्रतिवेदनले लगभग बीस खर्ब चिनियाँ युआनको कर तथा शुल्क घटाउने लक्ष्य निश्चित गरेको छ ।

समीक्षा गर्न बुधबार पेश गरिएको “चिनियाँ राज्य परिषदबाट कर तथा शुल्क कटौतीबारे जानकारी प्रतिवेदन” अक्टोबरसम्म चीनमा कर तथा शुल्क कटौती संख्या लगभग १९ खर्ब ६८ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ । जुन समग्रमा पूरै वर्षमा सरकारी प्रदिवेदनको लक्ष्यभन्दा बढी हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *