लामा जातिको नयाँ वर्ष शुरु, हुम्लामा सांस्कृतिक उत्सव

डिसी नेपाल
१४ पुष २०७६ ७:०३

सिमकोट । हुम्लाको सदरमुकाम सिमिकोटमा पुस ११ गतेदेखि सुङ्गुर वर्ष गई मुसा वर्ष शुरु भएको उपलक्ष्यमा खानपिन तथा नाचगान गरी लामा जातिका समुदायले सांस्कृतिक उत्सव मनाएका छन्।

समारोहमा छेप्याल लामाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिए ।

सांसद छक्कबहादुर लामा र प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले यसप्रकारको चाडपर्वले आपसमा सदभाव, सुख, समृद्धि र सदभावको विकास हुने धारणा व्यक्त गरे ।

यो चाड लामा जातीको नयाँ वर्ष शुरु भएदेखि ६ दिनसम्म मनाउने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *