परदेशीको प्रेमकथामा दीपकको ‘दिलकी परी’, रमेश र अंशुको अभिनय
काठमाडौं। ‘दिलकी परी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा सुरज उदार तिम्सिनाको शब्द, राजेश कैदीको संगीत तथा दीपक बिसीको स्वर सुन्न सकिन्छ। । सङ्गीत संयोजनको काम भने सुमन केसीले गरेका छन्।
म्युजिक भिडियोमा रमेश चन्द सोडारी र अंशु ओली फिचर्ड छन्। भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्। भिडियोमा बुद्ध थापाको छायांकन तथा डिनसन शाहको सम्पादन छ।
म्युजिक भिडियोमा एउटा परदेशीको प्रेमकथा देखाईएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment