प्रधानमन्त्री ओली डायलसिसपछि बालुवाटार फर्किए
काठमाडौं। मिर्गौलाको कार्य क्षमता घटेपछि नियमित डायलसिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार डायलसिसपछि निवास बालुवाटार फर्किएका छन्। शुक्रबार उनको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो।
ओली शुक्रबार दिउँसो अस्पताल पुगेका थिए र साँझ फर्किएका छन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका ओलीले गएको कात्तिक यता नियमित डायलसिस गराउँदै आएका छन्। गएको साउन र भदौमा ओलीको उपचार सिंगापुरको युनिर्भसल अन्तर्राष्ट्रिय अस्पतालमा भएको थियो।
हालै ओलीको एपेन्डिसाइट्सको अप्रेशनसमेत गरिएको थियो। सो अप्रेशनपछि प्रधानमन्त्री ओली बालुवाटार बाहिरका सार्वजनिक कार्यक्रममा कम देखिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment