चार दिनदेखि मुगु संचार विहीन

डिसी नेपाल
२१ पुष २०७६ १६:२८

मुगु । गत शुक्रबारदेखि मुगु जिल्लामा वितरित नेपाल टेलिकमका सबै नेटवर्कहरुले काम गर्न छोडेपछि जिल्ला संचार विहिन भएको छ । विहिबार बेलुका देखि शुत्रबार दिउसोसम्म हिमपात भएपछि नेपाल टेलिकमको जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्गमा समस्या आउदा उक्त टावरबाट मुगु जिल्लामा संचालित जिएसएम,एसटिडि नेटवर्कले काम गर्न छोडेका छन भने एडिएसएल ईन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।

ईन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैर सरकारी संघ सस्था,वित्तिय कारोवार गर्ने सहकारी तथा बैकहरु र स्थानिय तहहरुको सेवा प्रवाहमा समस्या भएको हो । मौषममा खरावी आईरहने भै रहेकाले अझै नेटवर्कको समस्या कति लम्विने हो अनिश्चित रहेकोछ ।

राष्टिय बाणिज्य बैक शाखा कार्यालय मुगुका प्रवन्धक हरिन्द्र बोहोरा एडिएसएल ईन्टरनेट नचल्दा बैकमा सेवाग्रहिहरुको भिड लाग्ने गरेको,बैकका सबै सिस्टम चलाउन समस्या भएको बताउछन् । उनी बैकमा बचत,लगानी र भुक्तानी गर्न आउने सेवाग्रहीका लागी बैकको आन्तरिक ईन्टरनेट सेवा भिस्याटबाट चलाएपनि भिस्याटको गती सुस्त हुदा समस्या भएको बताउछन् ।

बैक मै सेवा लिन आएको छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाँउका सेवाग्रहि विष्णु बहादुर भण्डारी बैकमा रहेको आफनो खातामा बचत के कती छ भनेर बुझन आएको ३ घण्टा भैसक्दा पनि थाहा पाउन नसकेको गुनासो गर्छन् ।

ईन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनहरुका लागी आवेदन फारम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको आयोग तयारी गरिरहेका विद्यार्थीहरु बताउछन ।
यस्तै, जिल्ला कै ठुलो वित्तिय सस्था छायाँनाथ साकोसका लेखापाल लोकराज शाहि आफनो सहकारीमा वित्तिय कारोवार सप्टमार्फत हुदै आएको र सप्टवयर अनलाईनमा मात्र चल्ने भएकाले मुख्य गरि लघुवित्तको कारोवार गर्न समस्या भएको र लगानी,बचत,भुक्तानी जस्ता कार्य गर्न समस्या भएको बताछन् ।

ईन्टरनेटजन्य कामहरु चार दिन देखि नहुदा सेवा लिनका लागी टाढा टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राहि निरास भएर फर्कने गरेका छन भने देश कै प्रमुख पर्यटकिय क्षेत्र रारामा आउने पर्यटकहरु समेत मर्कामा परेका छन ।

जिएसएम र लेनलाईन नेटवर्कले काम नगर्दा मानिसहरुले आफना आफन्तजन र अन्य कारोवारका लागी सम्पर्क गर्न पाएका छैनन । ईन्टरनेट नहुदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत विल भुक्तानी,सिम विक्रि,लगायतका काम गर्न समेत गा्रहो भएको टेलिकम मुगुले बताएको छ ।

ईन्टरनेट नचलेपछि योजना तथा कार्यक्रमहरुको भुक्तानी दिन मुगु जिल्लामा रहेका चार वटा स्थानिय तहहरुलाई समस्या भएको छ । नेट नचल्दा स्थानिय तहकहरुको वित्तिय कारोवार गर्ने सप्टवयर सुत्र नचल्दा आफुहरुलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजंग रावल बताउछन् ।

जिल्लामा टेलिकम संगै निजी क्षेत्रका ईन्टरनेट सेवा प्रदायक सस्था वल्डलिङ्ग,एनसेल र सुविसुले समेत जिल्लामा आफनो सेवा विस्तार गरेको भएपनि यी सस्थाका सेवाहरु नाम मात्रका रहेका छन । यिनीहरुले वितरण गरेका ईन्टरनेटको गती सुस्त रहेको छ ।

नेटवर्क गएको ४ दिन वितेको र यो कती लम्विने निश्चित नभएकाले अग्रीम भुन्तानी गरेका जिएसएम डाटा र एडिएसएलका सेवाग्रहीहरुको अवधी के हुने हो भनेर सेवाग्रहि चिन्तित देखिन्छन । नेपाल टेलिकमले थ्रिजी सेवा गाँउ गाँउसम्म विस्तार भएकाले सर्व साधारणहरु पनि मोवाईलमा डाटा लिएर ईन्टरनेट जन्य कारोवार र सेवा लिने गदै आएका छन ।

डाँफे लेखमा बाख्लो हिउ जमेको र मौषममा सुधार नआएकोले टावरमा के कस्तो समस्या हो बुझन जान समेत प्राविधिकहरुलाई समस्या भएकाले नेटवर्क कहिले यसै भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयका कर्मचारीहरु बताउछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *