अमेरिकाको सियाटलमा ल्होसार मनाइयो

डिसी नेपाल
२२ पुष २०७६ ९:४९

सियाटल, अमेरिका । नर्थ वेष्ट तमु सोसाइटीले यसबर्षको तमु ल्होसार विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । वासिंगटन राज्यको मर्सर आइल्याण्डमा जनवरी ४ का दिन आयोजित सो कार्यक्रममा वासिंगटन राज्यका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुलाई उनीहरुले विदेशमा बसेर पनि नेपाली कला संस्कृतिलगायतका विविध क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनीहरुको नाम उच्चारण गरी सम्मान  गरिएको थियो ।


सोसाइटीकी अध्यक्ष सीता गुरुंगले नेपाली कला,संस्कृति र भाषाको संरक्षणको महत्व र आवश्यकताकाबारे तमु समाजको धारणा राख्दै नेपाली समाजका लागि योगदान दिनेहरुको मूल्यांकन गरेर नै कदर गरिएको बताएकी थिइन् ।

कार्यक्रममा साउथ नेपाली स्कुलका विद्यार्थीहरु तथा स्थानीय नेपाली कलाकारहरुले नेपाली र गुरु¨ भाषाका गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । झण्डै २०० जति सियाटल, वासिंगटनवासी नेपालीहरु उपस्थित भएको सो कार्यक्रम ३ घण्टासम्म चलेको थियो ।


सन् २०१२ मा अमेरिको उत्तर पश्चिम क्षेत्र तथा क्यानडामा गुरुंग कला, संस्कृति र भाषाको उत्थानका लागि स्थापना भएको सोसाइटीले हरेक बर्ष तमु ल्होसार कार्यक्रमको आयोजना गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *