बेइजिङमा ‘भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका

डिसी नेपाल
२२ पुष २०७६ २२:११

काठमाडौं । चीनस्थित नेपाली राजदूतावासले ‘भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि आज बेइजिङमा एक कार्यक्रमको आयोजना गरेको छ । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

उनले नेपाल पुग्ने पर्यटकले प्रकृति, संस्कृित र साहसिक पर्यटकीय आकर्षणमा आनन्द लिनसक्ने जानकारी दिए । सो अवसरमा राजदूत पौड्यालले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत अशोजमा नेपाल भ्रमणका क्रममा भ्रमण वर्ष सन् २०२० सफलताका लागि दिएको शुभकामना स्मरण गरे । उनले यस वर्ष आयोजना हुने कार्यक्रमले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गरे ।

बेइजिङ पिपुल्स एशोसिएशन फर फ्रेण्डसिप उइथ फरेन कन्ट्रिजका कार्यकारी उपाध्यक्ष झाङ क्विनले नेपाल चिनियाँ पर्यटकका लागि मनपर्ने गन्तव्य बन्दै गएको बताए । भ्रमण वर्ष सन् २०२० ले बढीभन्दा बढी चिनियाँलाई यहाँको फरक प्राकृतिक र सांस्कृतिक समृद्धि हेर्नका लागि नेपाल घुम्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे। भ्रमण वर्ष सफलताका लागि नेपालको पर्यटन प्रवद्र्धनमा पूर्ण रुपले सहयोग गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सरकारका प्रतिनिधि, कूटनीतिक क्षेत्र, निजी क्षेत्र र व्यावसायिक क्षेत्र र नेपाली समुदायकोे उपस्थिति थियो । दूतावासले कुमारी नृत्यबाट सहभागीलाई स्वागत गरेको थियो भने उनीहरुलाई नेपाली खाना दिइएको थियो । सो कार्यक्रममा भ्रमण वर्षका बारेमा प्रस्तुती गरिएको दूतावासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *