माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए।
“माघ १ गते बुधबार कर्णाली प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालय बिदा हुनेछन्,” प्रवक्ता खड्काले भने, “सार्वजनिक संस्थान तथा शैक्षिक संस्था सबैले सार्वजनिक बिदा पाउने छन् ।” प्रदेशवासी सबैको सहजताका लागि आज सार्वजनिक बिदाको सूचना प्रवाह गरिएको उनले बताए।
मन्त्रिपरिषद् सो बैठकले भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति, साउन १ गतेका दिन साउने सङ्क्रान्ति र देउडा पर्व तथा भोट ल्होसार र बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment