काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा
तुलसीपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको बताए।
दाङको लमहीमा आज क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन दिए।
सभापति देउवाले काङ्ग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताउँदै ‘‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको छ’’, भने। अब काङ्ग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाएर देशकै पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिदैं उनले पार्टीको नीति नियम नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
सभापति देउवाले पार्टीलाई बलियो बनाउन गाउँस्तरबाटै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं ‘‘पार्टीलाइ एकताबद्ध बनाएर लैजान हामी सबै केन्द्रीय नेताहरु लागेका छौँ, तपार्इंहरु पनि गाउँ तहमा एकताबद्ध हुनुहोस्’’, भने। उनले कार्यकर्तालाई गुट–उपगुटमा नलाग्न आग्रहसमेत गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment