मस्र्याङदी–काठमाडौं प्रसारण लाइन अन्तिम चरणमा

डिसी नेपाल
७ माघ २०७६ ९:१६

काठमाडौं। तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मस्र्याङदी–काठमाडौं २२० केभी डबर सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये स्थानीयको अवरोधका कारण ५ वटाको मात्रै निर्माण बाँकी रहेको र ७५ किलोमिटरभन्दा बढी तार तानिएको आयोजनाले जनाएको छ।

यो मस्र्याङदी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ.उपत्यकामा ल्याउन निर्माणाधीन प्रसारण लाइन हो। यस अन्र्तगत धादिङको धुनीबेंसी नगरपालिकाको नौबिसे र पिलटारमा स्थानीयको अवरोधले क्रमश: तीन र दुई वटा टावर निर्माण हुन सकेको छैन।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी र आयोजना प्रमुख तारा प्रधानको टोलीले नगरपालिका मेयर, धादिङका प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षलाई आइतबार भेटी प्रसारण लाइन निर्माणमा सहयोग र सहजीकरण गरिदिन आग्रह गरे।

‘हाल रहेको मस्र्याङदी–काठमाडौं १३२ केभी प्रसारण लाइनबाट काठमाडौंमा करिब एक सय मेगावाटभन्दा विद्युत् लैजान सक्दैनौं, राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको लाइन निर्माणमा आवश्यक सहयोग गरिदिनु पर्यो’, घिसिङले भने।  निर्माण अवरोध हटेमा चैतभित्रमा प्रसारण लाइनको निर्माण सकिने आयोजना प्रमुख प्रधानले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *