राजनीतिले मानिसहरुमा विभाजन आयो : उपप्रधानमन्त्री पोखरेल

डिसी नेपाल
९ माघ २०७६ १६:४१

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिका कारण मानिसहरु विभाजित भए पनि संगीतले मान्छेहरुलाई एक ठाउँमा ल्याउने बताएका छन्।

तारदेवीको चौधौं पुण्य स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन्। राजनीतिले विचार र दृष्टिकोण दिए पनि राजनीतिकै कारण समाज र मानिस विभाजित हुने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले संगीत, कला र गायनले मान्छेलाई एक ठाउँमा जोड्ने बताए।

उनले कला र संगीतको क्षेत्रमा लागेका व्यक्तिहरुमा राजनीतिक रोग सर्न नहुने समेत बताएका छन्। राजनीतिमा दलहरु जोडिने र छुट्ने क्रम चल्ने गरेको प्रशंग उल्लेख गर्नुहुदै पोखरेलले कला क्षेत्रमा लागेका व्यक्तिहरुले त्यस्तो गर्न नहुने बताएका छन्।

पोखरेलले तारादेवी फाउण्डेशनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। सम्मानित व्यक्तिहरुलाई एकै छानामुनि ल्याउन ठोस प्रस्ताव लिएर आए आफू जुनसुकै तहमा पनि सहयोग गर्न तयार रहेको पोखरेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *