नेपालमा पनि देखियो कोरोना भाइरस, चीनबाट फर्किएका विद्यार्थी संक्रमित

डिसी नेपाल
१० माघ २०७६ १८:२८

काठमाडौं। चीनको वुहान शहरबाट फैलिएको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो।

मन्त्रालयले चीनबाट फर्केका एक नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले १३ जनवरीमा चीनबाट आएका एक विद्यार्थी संक्रमित भएको जानकारी दिए।

शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

उनले संक्रमित ती विद्यार्थीको उपचारसमेत भएको जानकारी दिए।

चीनको वुहान शहरमा पहिलो पटक देखिएको रहस्यमयी कोरोना भाइरस अहिले विश्वका करिब ८ देशमा फेला परी सेकेको छ। चीनमात्र २६ जनाको यो भाइरसका कारण मृत्यु भएको छ भने कम्तिमा ६ सय जना संक्रमित भएको जनाइएको छ।

चीनमा अनियन्त्रितरुपमा भाइरस फैलिएपछि सरकारले विभिन्न शहरमा सार्वजनिक यातायातसमेत रोकेको छ। चीनस्थित नेपाली दूतावासले पनि कोरोना भाइरसबारे एडभाइजरी जारी गरेको छ। यता नेपालमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँच शुरु गरिएको नेपाली अधिकारीहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *