गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ
सुर्खेत। जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार अध्यक्ष केसी वीरेन्द्रनगर–४ कटकुवा नजिकबाट घुस रकमसहित पक्राउ परेका हुन्।
उनीसँगै चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार बस्नेत पनि अध्यक्ष केसीसँग घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
उनी कर्णाली विकास परिषदको बैठक र राष्ट्रियसभाको मतदानका लागि सुर्खेत आएका थिए।
पक्राउ परेका बस्नेत चुनीचाँदे गाउँपालिकाका उपाध्यक्षका श्रीमान र जुनीचाँदे ११ मा रहेको जनता आधारभूत विद्यालयका शिक्षक समेत हुन्।
पक्राउ परेका अध्यक्ष केसी तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment