मुख्यमन्त्री पौडेलद्वारा ल्होसारको शुभकामना

डिसी नेपाल
११ माघ २०७६ ८:३४

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

२८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले तामाङ भाषामा ‘ल्होछारला ज्याबाडान्बा मुवा’अर्थात् नयाँ वर्ष (ल्होसार) को शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा पौडेलले यस पर्वले नेपाली नेपालीबीच भाइचाराको विकास गर्न सकोस् भन्ने कामना गगरेका छन् ।

“तामाङ जातिको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होसारको अवसरमा वाग्मती प्रदेश एवं सम्पूर्ण देशवासी तामाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। ”

बाह्र वर्षलाई एक वर्गका रुपमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष भनी हिसाब गरेर मनाइने ल्होसार यो वर्ष सुँगुर वर्गलाई बिदा गरी मुसा वर्गलाई स्वागत गरेर आज धुमधामसँग मनाइँदैछ।

तामाङ भाषामा ‘ल्हा’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने अर्थ लाग्छ। त्यसैले ल्होछार भन्नाले नयाँ वर्ष वा नयाँ साल भनेर बुझिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *