सभागृहमा नेकपाको केन्द्रीय कमिटी बैठक (फोटो फिचर)

डिसी नेपाल
१५ माघ २०७६ १३:१०

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ। पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहेका छन् ।

बैठकमा अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उद्घाटन सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री ओलीले सरकारका यसबीचका काम र उपलब्धिबारे पनि प्रस्तुत गरेका छन् । उद्घाटन सत्रमा सञ्चारकर्मीलाई पनि सहभागी गराइएको छ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *