शहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
दुल्लु । शहीद दिवसको अबसरमा आयोजित बकतृत्वकला प्रतियोगितामा प्रेमदेबी माध्यमिक बिध्यालय दुल्लु ९ पादुकाका बिकास गिरी प्रथम भएका छन् । धुलेश्वर माध्यमिक बिध्यालय दुल्लु ८ चगत्राका हरिकला आचार्य द्धितिय बिजया माध्यामिक बिद्यालय दुल्लु ७ का मनिषा उपाध्यायले तृतीय स्थान हासिल गरिन् । प्रतियोगिताको सानत्वना पुरस्कार भने नेरामाबी कृतिखम्ब दुल्लु ७का बबिता पोखरेल हात पारेकी छन् ।
दुल्लु नगरपालिका का १२ माध्यमिक बिद्यालयको सहभागितामा बर्तमान राजनीतिक परिवर्तनमा शहीदहरुको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा नेकपाका नेता रुद्र बहादुर शाही नेपाली काङ्ग्रेसका नेता टंक प्रसाद रिमाल राप्रपाका नेता नर बहादुर थापा नेपाल मजदुर किसान पार्टीका नेता मदन कुमार भण्डारीले सहिदहरुको योगदानको चर्चा गरेका थिए ।
कार्याक्रममा प्रदेश सांसद सुशिल थापाले बिध्यालयको डिपिआर अनुसार भौतिक बिकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । नगरपालिकाले नमुना घोषणा गरेर बिद्यालय लाइ अगाडि बढाउने योजना यस अगाडी नै गरेको मा बिद्यालय बल्ल तातिएको छ नगरमै पहिलोपटक आबासीय कक्षा सुरु गरेकोमा बधाई दिदै प्राबिधिक धार संचालन को लागी नगरपालिकाले सघाउने बताए । बिध्यालय का पुर्ब बिध्यालय ब्याबस्थापन समिती र प्रधानाध्यापक लाइ सम्मान गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment