बीस वर्षपछि हरेक छोरीको खातामा बीस लाख

डिसी नेपाल
१९ माघ २०७६ २१:०९

गौशाला । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अबको बीस वर्षपछि हरेक छोरीको खातामा २० लाख पु¥याउने योजना प्रदेश सरकारको रहेको बताएका छन् ।

महोत्तरीको सोनमा गाउँपालिकामा आइतबार आयोजित छात्रालाई साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले छोरी बीमाको रकम तीन लाखमा पु¥याएको र सो रकमलाई क्रमिक रुपमा २० लाखसम्म पु¥याउने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

सोनमा गाउँपालिका–२ मा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत ९० छात्रालाई मुख्यमन्त्री राउतले जनही एक थानका दरले साइकल वितरण गरे। पूर्वमन्त्री राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य कौशलकुमार यादव, वडाध्यक्षलगायत जनप्रतिनिधि एवं शिक्षासँग सम्बन्धित सरोकारवाला निकायको उपस्थित थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *