जनताको आकांक्षा, आवश्यकता र समस्याको समाधान हुन्छ

डिसी नेपाल
२२ माघ २०७६ २१:४०

भक्तपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जनताको आकांक्षा, आवश्यकता र समस्याको समाधान हुने बताएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बुधबार भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय प्राणी उद्यानमा आयोजना गरेको वार्डेन सेमिनार तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको बैठकमा बोल्दै उनले राजनीतिक प्रणालीमा जनताको आकांक्षा, आवश्यकता र समस्या जोडिएका कारण सबैको पहिचान गरी समस्या समाधान हुने बताए ।

कुनै पनि काम गर्दै जादाँ नयाँ–नयाँ चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बताउँदै मन्त्री बस्नेतले वन तथा वातावरणको विकास र भौतिक संरचनाको विकासलाई सँगै जोडेर लैजानुपर्नेमा जोड दिए। सांसद महेश बस्नेतले वनलाई कृषि, पर्यटन र बहुआयामिक कुरासँग जोडेर काम अघि बढाउँदै स्थानीय जनप्रतिनिधि सबै मिलेर प्राणी उद्यानको पूर्वाधारको काममा सहयोग र समन्वय गर्ने बताए । जैविक विविधता संरक्षणको आधार वातावरणमैत्री पूर्वाधार भन्ने मूलनाराका साथ सो सेमिनार तथा बैठक तीन दिनसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.