नभेष चित्रकारको फोटो आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर ०७६ घोषित

डिसी नेपाल
२४ माघ २०७६ २०:०५

काठमाडौं । फोटो पत्रकार क्लवको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन् । चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाइ मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको छ । चित्रकारले आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

यसैगरी, सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने सेलपे डेली लाइफ विधामा गोपेन राईले बाजी मारे । त्यस्तै दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा  experienceNepal नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकारले तथा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे । त्यस्तै डिसहोम स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते भने नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो ।

सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए । experienceNepal नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रा बन्दा दिपक बुढाथोकीको फोटो तेस्रो भयो । सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो । डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायकोे फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भयो ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए । निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ ।

‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोहरुको प्रदर्शनीे काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन भएको प्रतियोगितामा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजम experienceNepal नेचर एन्ड वाइल्ड लाइफ, सेलपे डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो ।

नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरको ‘सेलपे डेली लाइफ’ मा १ हजार २ सय ६७, सिटी ‘एक्सप्रेस कल्चर एन्ड टुरिजम’ मा १ हजार ४ सय ३३, ‘experienceNepal नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार ९८, ‘अर्घाखाँची सिमेन्ट न्युज फोटो’ मा ५ सय २, ‘डिसहोम स्पोर्ट्स’ मा ५ सय ७५, ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ मा ९ सय १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ४४ वटा फोटोकथाको ४ सय ४० गरी जम्मा ६ हजार २ सय २५ फोटो प्रतिस्पर्धामा थिए ।

विजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, आइएमई ग्रुपका निर्देशक हेमराज ढकालले ट्रफि, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले फोटो पत्रकार क्लबसँग निरन्तर सहकार्य गर्ने अवसर पाएकोमा पिजे क्लबलाई धन्यवाद दिँदै भने, सामाजिक सञ्जाल फेसबुकमा समेत कुनै स्टाटस राख्दा जति लाइक आउँछ फोटोसहित राख्दा अत्यधिक पाउँछु । यसले फोटोको महत्व दर्शाउँछ । उनले यस्ता कार्यक्रमले भिजिट नेपाल इयर २०२० लाई समेत सफल पार्न सघाउने अपेक्षा व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फोटो पत्रकार क्लबले देशभरिबाट समावेश फोटोमध्येबाट उत्कृष्ट छानेर पुरस्कृत गरेकोमा क्लबसहित आयोजनामा खट्नुभएका सबैलाई धन्यवाद दिए । उनले भने, फोटोको शक्ति हजार शब्दभन्दा बढी रहेको हामीले प्रजातन्त्रका लागि गरेका आन्दोलनको सफलताले पनि प्रमाणित गरेका छन् ।

उनले भने, यस्ता फोटो प्रतियोगिताले हाम्रो देशको राष्टिय एकता, तराई, पहाड र हिमालको सामाजिक सद्भाव बढाउँछन्, अझ सुदृढ पार्नेछन् । देशका कुनाकुना फोटोका लागि उर्वर छन् र त्यहाँका फोटो खिचेर ल्याउनसके ती फोटोहरुबाट हाम्रा फोटोग्राफर साथीहरुले रोयल्टीसमेत कमाउन सक्छन् ।

Women and young girls participate in a tug of war with a men during Dho festival at Dho Tarap. Dho Tarap is the world’s highest human settlement at 4,080 meters.

मन्त्री भट्टराईले यस वर्ष सरकारले भिजिट नेपाल २०२० पर्यटन वर्षका रुपमा मनाइरहेको उल्लेख गर्दै नेपाल पर्यटनका लागि सुरक्षित रहेकाले नेपाल घुम्न हिच्किचाउन नपर्ने बताए । उनले यो प्रतियोगिताले पर्यटन प्रवद्र्धनमासमेत सघाउने विश्वास व्यक्त गरे ।

A student participates in the signature collection campaign and protest rally against the government at Maitighar Mandala in the Capital on December 24, 2018. After collecting Signature in 50-meter long cloth, the rally had marched to UN office Pulchwok and submit the clothes to ms Bushra Halepota, designated Official of UN in Nepal. They requested UN to give pressure to the government to arrest the real culprit involved in the rape and murder case of Nirmal Pant, a 13-year-old girl from Kanchanpur, who was found dead in a sugarcane field in July 2018. Even after all these months, the culprit is still not arrested.

निर्णायक मण्डलका सदस्य शेखर खरेलले प्रतिस्पर्धामा सहभागी सबै फोटोहरु राम्रा रहेको तर पुरस्कृत भने केही मात्र हुने भएकाले ६ हजारजति फोटाबाट उत्कृष्ट छान्न कठिन भएको बताए । उनले यस्ता प्रतियोगिता व्यावसायिक र गैरव्यावसायिक फोटोग्राफर सबैका लागि आफ्नो क्षमता प्रस्तुत गर्ने गतिलो मञ्च भएको उल्लेख गरे ।

A young girl dressed as the Living Goddess Kumari participates the Kumari Puja festival, in which young girls pose as the Living Goddess Kumari and are worshipped by people in belief that their children will remain healthy, in Kathmandu.

शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले ५ वर्षयता फोटोपत्रकार क्लबसँग सहकार्य गरिरहेको उल्लेख गरे । उनले शिखरले फोटो पत्रकारको स्वास्थ्य बिमाका साथै क्यामेरालगायत उपकरणको बिमा शिखर इन्स्योरेन्सले गरिरहेको बताए । उनले फोटो पत्रकारको स्वास्थ्य र क्यामेराको बिमा शुल्कमा ५० प्रतिशत छुट दिएर बिमा गरिरहेको जानकारी दिए । यसका साथै उनले यसपटकको प्रतियोगिताका सबै विधाका विजेताहरुको स्वास्थ्य र क्यामेराको बीमा निःशुल्क शिखर इन्स्योरेन्सले गरिदिने घोषणासमेत गरे ।

If you truly love nature, you will find beauty everywhere.

क्लवका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए । उनले प्रतियोगिताको दौरानमा केही त्रुटी भएपनि यस्ता त्रुटीलाई आगामी दिनमा सच्याउँदै झन् उत्कृष्ट प्रतियोगिता गर्ने बताए । उनले भने, ‘सातौं संस्करणसम्म आउँदा सहभागीहरुको सहभागीताले हामीलाई हौस्याएको छ । यस्ता प्रतियोगिता आगामी दिनमा पिजे क्लवले गर्दै जानेछ ।’

It can be late , but can never be lazy. A lady busy in making of roasted peanuts during late night at mangal bazzar, lalitpur

प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ । यस प्रतियोगितालाई अर्घाखाँची सिमेन्ट, सेल पे, शिखर इन्स्योरेन्स, नेप्टोस, डिसहोम र सिटी एक्सप्रेसले विधागत प्रायोजन गरेका छन् भने एडभेन्चर स्पोर्टस, किङ्स कलेज, भायनेटले सहयोगीको भूमिका निर्वाह गरेका छन् । यस्तै प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा होटल रोयल सिंगी, मेडिकल पार्टनरमा स्टार हस्पिटल, फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड र न्यूज पार्टनरमा न्यूज एजेन्सी नेपाल रहेको छ ।

THE LAST STRAW
Sports

School children reacts as they try to pull the chariot at Basantapur in the capital.

NO THOUGHTS CONTROL
|| Dhunya ||
.
A long pole with yak hair and colourful cloth attached on it, spun during the festivals leading the musical bands.

A frog is pictured on the leaf of a lotus after the rain at a pond. The image of a frog caught by droplets is a good example for the Lotus Effect, which refers to self-cleaning property of the lotus leaves, as a result of their water repellent properties.
A child sleeps in a hammock at the site of his parent’s work,in a idol workshop at Kupondol,Lalitpur on Monday,September 23,2019.His family is migrant artisans from Bangladesh who prepares an idol of God and Goddess for the Dashain festival in Lalitpur, Nepal.
A Devotee Punches his fist into the air in the Celebration excitement during Bisket Jatra in Bhaktapur.



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.