हिमालपारी नाम्खाबाट व्यथा लागेको २० घण्टापछि मात्रै गर्भवतीको उद्धार

डिसी नेपाल
२५ माघ २०७६ ८:०८

हिमालपारी नाम्खाबाट व्यथा लागेको भोलिपल्ट मात्रै गर्भवतीको उद्धार

सिमकोट । सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ।

बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ। सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टरले मगाई उद्धार गएिको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिए ।

व्यथा लागेको पछिल्लो दिन मात्र हेलिकप्टर आएर उद्धार गरेको बिरामीका श्रीमान् आङ्दिन तामाङले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *