चीनबाट नेपालीको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन

डिसी नेपाल
२६ माघ २०७६ १७:०१

काठमाडौं। उत्तरी छिमेकी मुलक चीनमा फैलिएको कोरोना माहामारीका कारण फसेका नेपालीहरुको तत्कालन उद्धार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।

आयोगले चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो। हुवेई प्रान्तमा रहेका १८० जना नेपालीले स्वदेश फर्किन बेइजिङस्थित नेपाली राजदूतावासमा निवेदन दिएका छन्।

कोरोना भाइरसका कारण चीनमा नेपालीहरू कैदीजस्तै कोठाभित्र बस्नु परेको प्रति ध्यानाकर्षण गर्दै आइतबार आयोगले सरकारलाई तत्कालै उद्धार गर्न निर्देशन दिएको हो।

सरकारले भने विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड पूरा भएपछिमात्र उद्धार गर्न सकिने बताएको छ। डब्ल्यूएचओले चीनबाट उद्धार गरिएका नागरिकहरुलाई कम्तिमा १५ दिन क्वारिटाइनमा राख्नुपर्छ। सरकारले सेनालाई क्वारिन्टाइनका लागि व्यवस्था गर्न भनिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *