ह्याप्पी भ्यालेन्टाइन (कविता)

दीपक एम सी
१ फागुन २०७६ ७:४६
292
Shares

रोज डे नै किन चाहियो र?
किनकि म तिमीलाई रोज सम्झ्न्छु।
बरु तिम्रा अधर अझै गुलावी बनून,
मन्द मधूर मुस्कान छरून,
ह्याप्पी रोज डे,
मेरी रोजी।

परपोज गर्नलाई रोज नै चाहिन्छ र?
परपोज डे नै चाहिन्छ र?
मेरा नयनले परपोज गरिरएका छन्
“परपोज विथ स्पेसल परपस”
तिनीहरुको भाषा बुझ्छौ भन्ने आशा छ।
मेरा नयनले तिम्रा नयनसँग
वार्तालाप गरिरहेछन्।
नजरले नजरसँग
मनले मन सँग
अनि तिम्रै मायाले भरिएको
यो मुटुले त्यो मुटुसँग!
सिधा प्रत्यक्ष
अनुभूति गर।
के मैले परपोज गरेको छैन र?
ह्याप्पी परपोज डे,
मेरी परी!

यो चिसोमा चिया खादा तिमीलाई सम्झन्छु।
चियाएर तिम्रै तस्वीर हेर्छ।
तिमीलाई नदेख्दा चसक्क दुख्छ यो मुटु।
कहिलेकाही तिमीलाई सम्झदा स्कुल ढिलो पुग्छु
चकले लेखिरहेका सरले
“ह्याइ आर यु लेट?”
भनी सोध्दा तिमीलाई सम्झन्छु!
चक लाई हेर्छु, लेट भाको कारण खोज्छु!
भन्न सक्दिन, हप्काई खान्छु।
यति धेरै
यति मीठो माया साचेर राखेको छु।
चकचके केटाकेटीले खाने चकलेट
के दिउ तिमीलाई?
मुटुभरिको चकलेट भन्दा मीठो माया तिमीलाई
ह्याप्पी चकलेट डे,
मेरी चटपटे मन पराउने मान्छे!

उपहार त हार भएकाहरुले हो दिने
तिमी सधै जित्छौ!
यता
मैले सधै हारेर पनि जित्छु।
किनकी तिमीले जित्नु भनेको
मैले जित्नु पनि हो।
भन म तिम्रै लागि
जे गर्न नि रेडी!
अनि तिम्रो मागको सूचिमा
अटाउछ त्यो टेडी?
ह्याप्पी टेडी डे,
मेरी ‘डिभा’!

आकाशका जुन टिपिदिने वाचा गर्दिन
मात्रै तिमीले मेरो विश्वास नटोड
मैले तिम्रो।
म तिम्रो केयर गर्नेछु,
मेरो सबै कुरा सेयर गर्नेछु।
बस् यत्ती-
ह्याप्पी प्रोमिस डे,
हरेक प्रोबलम्स् कि सोलुसन,
मेरी भ्यालेन्टाइन!

अंकमाल अंकमा रुपान्तरण गर्न सकिन्छ र?
मेरो अंकमाल बिनाको भावनालाई हिसाब गर
अगणित प्रेम गर्छु तिमीलाई!
तिमीलाई ‘हग’ नगरी प्रेम गर्ने हक छ।
त्यसैले प्रेम गरिरहेछु।
ह्याप्पी हग डे,
मेरी हसिली मान्छे!

सामीप्यता त अनुभूति गर्ने कुरा हो
जहाँ भए पनि आखा चिम्लन्छु
तिमीलाई स्पर्श गरेर बहने
बतासलाई महसुस गर्दछु
तिम्रो सुगन्ध
तिमी भएको आभाष हुन्छ।
यो भन्दा निकट अरु केही हुन्छ?
तिमी टाढा हुदा
कहिल्यै रिस गर्दिन
मिस मात्रै गर्दछु।
किसले सामिप्यता जनाउछ र?
ह्याप्पी किस डे,
मेरी किनारा!

मेरा आखाले कैद गरेर
कल्पनामा घोलेर तयार पारेको
तिम्रो सुन्दर तस्वीर तिमीलाई।
मेरो धड्कनको मधूर संगीत तिमीलाई!
यो ज्यानले अन्तिम श्वास फेर्दासम्म
मुटुभरीको माया तिमीलाई!
महसुस गर मेरी प्रिय
यो भन्दा सुन्दर केही छ अरु?
यो भन्दा के दिऊ अरु तिमीलाई।
दुनियाले देखोस् नदेखोस्
तिमीले महसुस गर्ने
माया गर्छु तिमीलाई!
ह्याप्पी भ्यालेन्टाइन डे,
मेरी भ्यालेन्टाइन!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *