कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
काठमाडौँ । पछिल्लो समय चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अझै घटेको छैन ।
शनिबार मात्रै चीनमा कोरोना भाइरसबाट १ सय ४२ जनाको ज्यान गएको छ।
चीनमा हालसम्म ६८ हजार ५ सय नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
शनिबार कोरोना भाइरसबाट चीन बाहिर फ्रान्समा पनि एक जनाको ज्यान गएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो।
यद्दपी उनी चीनको हुबे प्रान्तका ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना भाइरसबाट शनिबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट ५ सय बढी मानिसहरु संक्रमित भएका छन् ।
यस्तै कोरोना भाइरसको अति प्रभावित क्षेत्र हुबेई प्रान्तमा रहेका १७५ जना नेपालीलाई नेपाल सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ ।
बुधबार बिहान ४ बजे नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत उनीहरु आज बिहान ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका हुन् ।
उनीहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर निगरानी गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment