दुल्लूमा जीप दुर्घटना हुँदा ४ जनागम्भीर घाइते
सुर्खेत। दैलेख जिल्लाको दुल्लु नगरपालिकामा जीप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन्। प्रधामन्त्री कृषि आधुनिकीकरण सुन्तला जोन परियोजना कार्यालय दुल्लूको बा १ झ ६५६७ नम्बरको जीप दुल्लू नगरपालिका ५ स्थित देउतीगढमा दुर्घटना भएको हो।
सोमबार कार्यालयबाट फिल्डमा जाँदैगर्दा जिपको ब्रेक फेलभई देउतिगढ कृर्षि डाँडाबाट करिब दुई सय मिटर तल दुल्लु नगरपालिका कार्यालयको भवन नजिक खसेको हो।
दुर्घटनामा परी घाइते हुनेमा चालक भैरवी गाउपालिका वडा नम्बर २ का गोकुल खत्री, सोही कार्यालयका कर्मचारी भैरवी गापा २ का माधव रिजाल, दुल्लु नगरपालिका ५ का सुरेन्द्र रिजाल, र वडा नम्बर ८ का बिक्रम रिजाल रहेका छन्।
घाइते ४ जनाको दुल्लू अस्पतालमा उपचार भइरहेकोमा ३ जनाको उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment