‘बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

डिसी नेपाल
७ फागुन २०७६ १६:२४

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो।

आगामी फागुन ११ देखि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा ब्वाईज युनियन र श्री कुमारी क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । खेल तालिका अनुसार पहिलो खेलमा ब्वाईज युनियन र श्री कुमारी भिड्ने भएका हुन् ।

लिग चैत २३ गते सकिनेछ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । एक टिम ए डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।

यस पटक बी डिभिजन लिगमा श्री कुमारी, ब्वाईज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसियसन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *