विपक्षी खेलाडीको लिंग टोकिदिने फुटबल खेलाडीलाई ५ वर्ष प्रतिबन्ध

डिसी नेपाल
८ फागुन २०७६ १३:५५

काठमाडौं। फुटबल खेलका क्रममा खेलाडीहरुबीच धक्का मुक्की र हात हालाहालका घटना भएको हामीले देखिरहेकै छौं । बार्सिलोनाका स्टार फरवार्ड लुइस सुआरेजले त बेलाबेलामा विपक्षी खेलाडीलाई टोकेर प्रतिबन्धमा परेका पनि छन् । तर, फ्रान्सका एक फुटबलर भने सुआरेजभन्दा धेरै अगाडि बढे । उनले विपक्षी खेलाडीको लिंग नै टोकिदिएपछि उनी ५ वर्षको प्रतिबन्धमा परेका छन् ।

फ्रान्सको मिडिया रिपब्लिकन लोरेनका अनुसार गत नोभेम्बर १७ मा विपक्षी खेलाडीको लिंग टोकिदिएका ती खेलाडीलाई फ्रान्सको मोसेलान जिल्लाको फुटबल कमिटीले ५ वर्षको प्रतिबन्ध लगाएको हो । टेरभिल्ले र सोएट्रिक क्लवबीच भएको खेलपछि दुई विपक्षी टिमका खेलाडीहरुको विवाद भएको थियो । दुई खेलाडीबीच भिडन्त भएपछि टेरभिल्लेका अर्का एक खेलाडीले ती दुईलाई छुट्याउन गएका थिए । तर, सोएट्रिकका खेलाडीले छुट्याउन गएका खेलाडीको लिंग नै टोकिदिए ।

घटनापछि पीडित खेलाडीको लिंगमा १२ वटा टाँका लगाइएको समाचारमा जनाइएको छ । विवाद फुटबल स्टेडियमको पार्किङमा भएको बताइएको छ । घाइते टेरभिल्ले खेलाडीलाई पनि विवाद गरेका कारण ६ महिनाको लागि सस्पेन्ड गरिएको छ । यो घटनापछि टोक्ने खेलाडीको क्लव टेरभिल्लेलाई २ सय युरो जरिवाना लगाइएको र २ अंक घटाइएको पनि समाचारमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.