ईपीएलः स्कटल्याण्डका जर्ज मुन्से पोखराबाट खेल्ने

डिसी नेपाल
८ फागुन २०७६ १६:४५

काठमाडौं । स्कटल्याण्डका जर्ज मुन्सेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । ब्याट्सम्यान मुन्सेले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । पोखराले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै मुन्सेले पोखराबाट खेल्ने जनाएको हो ।

मुन्से पोखराले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यस अघि पोखराले वेष्ट इण्डिजका स्टार क्रिस गेल र केस्रिक विलियम्सलाई अनुबन्ध गरिसकेको छ । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

मुन्से बाँया हाते आक्रामक ब्याट्सम्यान हुन् । यस्तै गतवर्ष नेदरल्यान्ड्सविरुद्धको खेलमा अविजित शतकीय इनिङ्स खेलेका थिए । मुन्सेको नाममा एकै ओभरमा ६ छक्का प्रहार गरेको कीर्तिमान समेत रहेको छ ।

गत वर्ष ग्लूस्टरसायरबाट खेलेका मुन्सेले बाथविरुद्धको मैत्रीपूर्ण खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । मुन्सेले वेष्ट इण्डिजका पूर्व महान खेलाडी सर गार्फिल्ड सोब्बरको कीर्तिमानसँग बराबर गरेका थिए ।

मुन्सेले अष्ट्रेलियाका एलेन हिविटलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । २६ वर्षे मुन्सेले बाथविरुद्ध २० छक्काको मद्दतले ३९ बलमा १४७ रन बनाएका थिए । उनले २५ बलमा नै शतक पुरा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.