नगरपालिकाका खानेपानी सहायक २ लाख घुस रकमसहित पक्राउ

डिसी नेपाल
८ फागुन २०७६ २२:५३

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक सहायक चित्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार भेरीगंगाको मदाने चौरबाट केसीलाई पक्राउ गरिएको हो ।

केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको रकम भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस मागेको आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *