‘अप्ठ्यारोमै सफलता मिल्छ’

डिसी नेपाल
१२ फागुन २०७६ १२:३५

सुर्खेत । सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही पहिलो पटक गृह जिल्ला सुर्खेत आएपछि पत्रकारसँग बोल्दै भनिन्, ‘सफलता अप्ठ्यारो भित्र लुकेको हुन्छ।

जसका लागि संघर्ष गर्नुपर्दो रहेछ ।’ देशभरका प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को उपाधि हात पारेकी पारेकी थिइन् ।

‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधी सहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी मिसेस ब्युटी क्विन शाहीले फष्ट नेपाल फाउण्डेशनको तर्फबाट गरिने सेवाहरुमा समर्पित हुने बताइन्।

उनले भनिन्, ‘नारी अब चुलो चौकोमा मात्र सिमित छैनन् भन्ने कुरालाई गाउँ समाज र देश तथा विदेशसम्म पु¥याउन जरुरी छ।’

शारीरिक सौन्दर्यता मात्र होइन मिसेस ब्युटी क्विनमा क्षमता र दक्षतालाई समेत आधार मानेर प्रतिस्पर्धिबाट विजेता बनाइने परम्पराले आफूलाई निकै हिम्मत र शाहस दिएको शाहीको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *