तीन पाकिस्तानी खेलाडी भित्र्याउँदै ललितपुर
काठमाडौं। मार्च तेस्रो साता देखी काठमान्डौमा हुन गइरहेको एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि साविक विजेता टोली ललितपुर प्याट्रीयट्सले तीन पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ।
श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई यस अघिनै अनुबन्धन गरिसकेको ललितपुरले थप तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको हो।
पाकिस्तानका अलराउन्डरद्वय हमाद आजम, हसन खानसँगै बायाँहाते पेस बलर मिर हाम्जा यसपालीको ईपिएलमा ललितपुरको जर्सीमा उत्रिनेछन्।
पाकिस्तानका २७ बर्षीय मिर हाम्जाले गत सिजन ससेक्सबाट काउन्टी खेलेका थिए। बायाहाते हाम्जाले पाकिस्तानका लागि एक टेस्ट पनि खेली सकेका छन्।
सन २०१६ मा पाकिस्तान सुपर लिगमा कराचि किंग्सबाट खेलेका हाम्जाले २०१७ को पिएसएलमा कटटा ग्लाडिएर्स बाट खेलेका थिए। अर्का खेलाडी हसन खानले लगातार पीएसएल खेल्दै आएका छन् भने क्यानाडामा सम्पन्न ग्लोबल टि २० मा पनि उनले एडमन्टन रोयल्समा थिए।
उनी सन् २०१८ मा यू–१९ विश्वकपमा पाकिस्तानका कप्तान समेत रहेका थिए। हमाद आजमले पनि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै २०१९ को पाकिस्तान कपमा उत्कृष्ट अलराउन्डर घोषित भएका थिए।
राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले ललितपुर प्याट्रीयट्स नेतृत्व सम्हाल्ने छन्। ईपीएलको नियमअनुसार १६ खेलाडीको सूचिमा कम्तिमा ३ विदेशी खेलाडी हुनुपर्ने प्रावधान रहेको छ।
श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई टोलीले यस अघिनै अनुबन्धन गरिसकेको छ। टोलीको प्रशिक्षकमा राजु बस्न्यात नै रहनेछन्। गत सिजन भैरहवा ग्ल्याडीयटर्सलाई पराजित गर्दै उपाधि जितेको ललितपुर यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment