मुशफिकरको टेस्टमा तेस्रो दोहोरो शतक, बंगलादेश बलियो अवस्थामा

डिसी नेपाल
१३ फागुन २०७६ ८:३६

काठमाडौं। जिम्बाब्बेविरुद्धको एकमात्र टेस्टमा बंगलादेशले बलियो अवस्थामा रहेर आफ्नो इनिङ डिक्लेयर गरेको छ । बंगलादेशले ६ विकेटको क्षतिमा ५६० रन बनाएर पहिलो इनिङ डिक्लेयर गरेको थियो । यससँगै तेस्रो दिन सकिँदा जिम्बाब्वे २ विकेटको क्षतिमा ९ रन बनाउँदा २८६ रनले पछि परेको छ।

मुशफिकर रहिमले दोहोरो शतक बनाए । मोमिनुल हकले शतक बनाए । मोमिनुलले १४ चौकासहित १३२ रन बनाए। मुशफिकर भने २०३ रनमा अविजित रहे। मुशफिकरले लिटोन दाससँग छैटौं विकेटका लागि १११ रनको साझेदारी गरे।

लिटोन दासले ५३ तथा मोहम्मद मिथुनले १७ रन जोडे। तैजुल इस्लाम १४ रनमा अविजित रहे। बंगलादेशले २९५ रनको अग्रता लिएर इनिङ समाप्तीको घोषणा गरेपछि दोस्रो इनिङ थालेको जिम्बाब्वेले दुई विकेट गुमाइसकेको छ।

ओपनर प्रिन्स मासाबाउरे र डोनाल्ड ट्रिपानो रनको खाता नखोली पवेलियन फर्किए। दुबैलाई नायीम हसनले आउट गरेका थिए। केभिन कासुजा आठ तथा ब्रेन्डन टेलर एक रन बनाएर क्रिजमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *