गजेन्द्र नारायण सिँह क्रिकेटः सकरपुरा र मधेपुरा बिजयी

डिसी नेपाल
१४ फागुन २०७६ १२:५८

सप्तरी । स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा सकरपुरा र मधेपुरा बिजयी भएका छन । सप्तरी क्रिकेट संघको सहकार्य तथा तिलाठि कोईलाडी गाउपालिकाको आयोजनामा संचालित भएको क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलवार बर्षाले प्रभावित पहिलो खेलमा सकरपुराले निर्धारित १६ ओभरमा ४ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थिए ।

सकरपुराका लागि साकेत सिंहले २५, मुकेश कुमार मण्डलले अबिजीत २४ र बिवेक राइले २३ रनको योगदान दिएका थिए । बलिंग तर्फ मंसापुरका लागी देवकिनन्दन मण्डल, अजय मण्डल, धिरज मण्डल र सुवोध मण्डलले सामान १ बिकेट लिएका थिए।

१ सय १३ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको मंसापुर अन्तिम समयसम्म प्रयास गरेता पनी १ रनको हार ब्योहोर्नु परेको थियो । मंसापरका खेलाडि हरुले निर्धारित १६ ओभरको खेलमा ७ बिकेट गुमाएर १ सय ११ रन मात्र जोडन सकेको थिए । मंसापुरका लागि सुबोध मण्डल २९, धिरज मण्डल २४, अजय मण्डल र संजय साहले सामान १२ रनको योगदान दिएका थिए ।

बलिंग तर्फ सकरपुराका पवन मण्डल र राजु सिंहले सामान २ बिकेट लिएका थिए भने बिवेक राई र साकेत सिंहले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रर्दशन गरे वापत सकरपुराका बिवेक राई घोषित भएका थिए ।

मंगलवार नै सम्पन्न भएको अर्को खेलमा तोपाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १६ ओभरको खेलमा ४ बिकेट गुमाएर ८२ रन बनाएको थियो । तोपाका लागि परमेश्वर यादव तथा रमेश यादवले २० रनको योगदान दिएका थिए । बलिंग तर्फ मधेपुराका लागि अभय सिंहले ३ र रोशन सिंहले १ बिकेट लिए थिए ।

८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको को मधेपुराले उक्त लक्ष्य सजिलै १२ ओभर ४ बलमा ४ बिकेट गुमाएर भेटाएको थियो । मधेपुराका लागि सुमन मण्डलले १८ तथा रोशन सिंहले अबिजित १५ रनको योगदान दिएका थिए । तोपाका लागि बलिन मण्डलले २ तथा रविन्द्र मण्डलले १ बिकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन गरे वापत खेलको म्यान अफ द म्याच मधेपुराका अभय सिंह घोषित भएका थिए ।

प्रतियोगिता अन्र्तगत बुधवारवार पहिलो खेल तिलाठि र को बर्साइन बिच र दोश्रो खेल को मधेपुरा र लौनिया बिच हुने जानकारी तिलाठि कोईलाडि गाउँपालिकाका अधिकृत राजेश झाले गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *