नेपाली क्रिकेटमा पुबुदु दासानायकेको पुनरागमन, आइतबार नेपाल आउँदै

डिसी नेपाल
१४ फागुन २०७६ १३:१५
4
Shares

काठमाडौं। नेपाली क्रिकेट टिमका सफल पूर्व प्रमुख प्रशिक्षक पुबुदु दासानायके नेपालमा फेरि प्रमुख प्रशिक्षक भएर आउने भएका छन्। यो पटक उनी राष्ट्रिय टिमको प्रशिक्षक नभएर चैत १ बाट त्रिवि क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमियर लिगका लागि नेपाल आउन लागेका हुन् । एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्स टोलीलाई प्रशिक्षण दिन टिमको प्रमुख प्रशिक्षक भएर उनी आउन लागेको भैरहवा ग्लाडियटर्सले जनाएको छ।

दासानायके नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक भएर २०१३ मा नेपाल आएका थिए। नेपाली क्रिकेट इतिहासमा सबैभन्दा सफल प्रशिक्षक मानिएका उनी नेपाल आउँदा नेपाल डिभिजन थ्रीमा थियो। त्यो टिमलाई सम्हालेका दासानायकेले २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कपसम्म पुर्याएका थिए। नेपालले बंगलादेशमा लोभ लाग्दो प्रदर्शन गर्दै २ खेल जित्न पनि सफल भएको थियो। नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो।

नेपालमा फेरि प्रशिक्षक भएर आउने मौका मिलेको निकै खुशी लागेको दासानायकेले बताएका छन्। उनले नेपाली क्रिकेट सँधै आफ्नो मुटुमा रहेको समेत बताएका छन्।

दासानायकेलाई प्रमुख प्रशिक्षकका रुपमा भित्र्याएको भैरहवा ग्लाडियटर्सका ओनर आदित्य सांघाईले उनको आगमनले नेपाली क्रिकेट प्रतिभाले फेरि नयाँ उँचाई पाउने विश्वास व्यक्त गरेका छन्। उनले दिग्गज प्रशिक्षकलाई भैरहवाको हिस्सा बनाउन पाउँदा खुशी लागेको भन्दै नेपाली क्रिकेटले उनलाई बिर्सन नसक्ने बताएका छन् ।

भैरहवाका कप्तान तथा दासानायकेको प्रशिक्षणमा खेलिसकेका नेपाली राष्ट्रिय टिमका सदस्य शरद भेषवाकरले दासानायकेको काल नेपाली क्रिकेट इतिहासिको टर्निङ प्वाइन्ट भएको भन्दै उनको प्रशिक्षण फेरि खेल्न पाउनु सुनौलो मौका भएको बताएका छन्। दासानायके श्रीलंकाली मुलका क्यानेडियन नागरिक हुन्।


No ads found for this position

प्रतिक्रिया

One thought on “नेपाली क्रिकेटमा पुबुदु दासानायकेको पुनरागमन, आइतबार नेपाल आउँदै

  1. समाचार लेख्दा अलि अध्यन गरेरमात्र लेख्ने गर्नु पत्रकार महोदय 2014 मा नेपालले 2 गेम जितेको थियो हङ्कङ र अफ्गानिस्तानलाइ अनि बङ्लादेश
    सङग हारेको थियो नेट रनरेतको आधारमा अगाडी जान सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *