इन्जुरी टाइमको गोलले बाँसवारी बिजयी

डिसी नेपाल
१४ फागुन २०७६ १६:२४

काठमाडौं। सहिद स्मारक बी डिभिजन लिगमा बाँसवारी क्लवले ब्याइज युनियनलाई तीन दुई गोलले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बाँसवारीले ब्याइज युनियनको दुई गोलको अग्रता उल्ट्यायो। खेलको २५ औं मिनेटमा पहिलो गोल गर्दा ६० औं मिनेटमा दोस्रो गोल गर्यो।

तर त्यसपछि बाँसवारीले तीन गोल फर्कायो। उसले ७९ औं मिनेटमा गोल गर्दै अन्तर दुई एकमा झारेको थियो भने इन्जुरी समयमा दुई गोल गरेको थियो।

लिगमा ‘बी’ डिभिजनमा रहेका १२ क्लबको सहभागिता रहेको छ। लिगको विजेता टोलीले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । लिग विजेता टोली ‘ए’ डिभिजनमा बढुवासमेत हुनेछ।

अन्तिममा रहने टोली रेलिगेसनमा पर्नेछ। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप १० लाख रुपैयाँ प्रदान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *