शिक्षकको तलबमा पनि घुस खाने प्रधानाध्यापक अख्तियारको फन्दामा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले दैलेखको एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ।
दैलेखको नौमुले गाउँपालिकाको मुकाम नौमुले बजारमा रहेको भैरव माध्यमिक विद्यालयका प्रअ नगेन्द्रबहादुर सिंह र अध्यक्ष गगनबहादुर बस्नेतलाई बिहीबार दिउँसो ३० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग सुर्खेतका प्रवक्ता मेघराज सापकोटाले जानकारी दिए।
विद्यालयका शिक्षकबाट चौमासिक तलव र दशैं खर्च रकम उपलब्ध गराउन पटक पटक माग गरेपनि घुस माग्ने गरेपछि विशेष सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको जनाइएको छ। अख्तियारले उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानका लागि बिहीबार दिउँसो नै सुर्खेत लगेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment