अज्ञात रोगले गाउँका सबै बिरामी, विद्यालय बन्द

डिसी नेपाल
२१ फागुन २०७६ ७:०५

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा मौसमी फ्लुको आशङ्का गरिएको अज्ञात रोगका कारण विद्यालयनै बन्द गरिएको छ।

एक सातादेखि गाउँमा फैलिरहेको भाइरलका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेजस्तो समस्या देखिएपछि गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालय बन्द गरिएको हो।

विद्यालयले एक सूचनाजारी गर्दै विद्यालय बन्द भएको जानकारी गराएको हो।

भाइरलपूर्णरुपमा नियन्त्रणमा नआउञ्जेलसम्म अनिश्चितकालीनरुपमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक नवराज बुढाले जानकारी दिए ।

गाउँमा पचासदेखि ६० सम्म भाइरलका कारण बिरामी भएर थला परेको बताइएको छ।

सोमबार गाउँमै पुगेको स्वास्थकर्मीको टोलीले ४० को उपचार गरिरहेको वरिष्ठ अहेव शेरबहादुर कठायतले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *