हङकङ र सिंगापुरले एसिया कप छनोट खेल्ने
काठमाडौं । हङकङ र सिंगापुरले एसिया कप छनोट खेल्ने भएका छन् । शुक्रबार भएको खेलमा मलेसियालाई पराजित गरेर तालिकाको दास्रो स्थानमा रहँदै हङकङ एसिया कप छनोटमा पुगेको हो। यस्तै सिंगापुर तालिकाको शीर्ष स्थानमा रहँदै एसिया कप छनोट खेल्ने भएको हो।
थाईल्याण्डमा सम्पन्न एसीसी ईस्टर्न रिजन प्रतियोगिताबाट शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो । जसमा हङकङ र सिंगापुर शीर्ष दुईमा रहँदै एसिया कप छनोट खेल्ने भएका हुन्।
प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार मलेसियालाई ६ विकेटले हराएर हङकङ उपविजेता बनेको हो । हङकङले ४ खेलमा ६ अंक जोड्यो । सिंगापुरले ७ अंकसहित उपाधि जितेर एसिया कप छनोटमा पुगेको छ ।
यसअघि वेष्टर्न रिजनबाट युएई र कुवेत एसिया कप छनोटमा पुगिसकेका छन्। इस्टर्न र वेष्टर्नबाट छनोट भएका ४ टिमले एसिया कप छनोट खेल्नेछन् । एसिया कप छनोटको विजेता टिमले ५ टेष्ट राष्ट्र सम्मिलित एसिया कप खेल्न पाउने छन् ।
एसिया कप छनोट विजेताले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसंग एसिया कपमा सहभागिता जनाउन पाउने छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment