‘मेस्सी अब जादुई खेलाडी रहेनन्, उनी धेरै हिँड्छन्’
काठमाडौं। अर्जेन्टिनाका पूर्व गोल रक्षक ह्युगो गात्तीले बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेस मेस्सी कुनै समय ‘जादुई खेलाडी’ भए पनि अब त्यस्तो नरहेको टिप्पणी गरेका छन् । ‘मलाई अर्जेन्टिनामा आलोचना गर्लान् तर मलाई त्यसको पर्वाह छैन’ गात्तीले भने ‘मेस्सी अभूतपूर्व खेलाडी थिए तर अब रहेनन् ।’
‘उनी मैदानमा दौडनभन्दा धेरै हिँड्न थालेका छन्, उनले खेलमा सुधार गर्ने बेला आएको छ’ गात्तीले अगाडि भने ‘आज पनि रोनाल्डो र मेस्सीको चर्चा उत्तिकै रहेको छ । यो चर्चा जोगाइराख्न पनि उनीहरुले सन्तुलित खेल प्रदर्शन गर्नु आवश्यक रहेको छ ।’
‘टिममा कोही यस्ता खेलाडी हुन्छन् जसप्रति धेरैको विश्वास रहेको हुन्छ । उनलाई बल पास दिन अन्य खेलाडी आतुर रहेका छन् । उनीहरुकै भरमा खेल जित्ने आत्मबल पनि हुने गरेको छ । मेस्सीले यो कुरा भुल्नु हुँदैन’ उनले भने ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment