प्रदेश २ क्रिकेट संघले सिनीयर टोलीको प्रदर्शनप्रति कप्तान तथा प्रशिक्षकसंग लिखित जानकारी लिने

डिसी नेपाल
२५ फागुन २०७६ ११:०३

बर्दिवास । नेपाल क्रिकेट संघ (क्यान) अन्र्तगत रहेको प्रदेश नं. २ क्रिकेट संघको तेश्रो बैठक शनिवार बर्दिवासमा सम्पन्न भएको छ ।
बैठकले नेपाल क्रिकेट संघले जारी गरेको क्यालेण्डर अनुसार जिल्ला तथा प्रदेशमा गतिविधि संचालन गर्ने तथा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता संचालनको जिम्मेवारी सिरहा जिल्ला क्रिकेट संघलाई दिने निर्णय गरेको छ ।

बैठकमा हालै प्रदेश नं.२ का सिनियर टोलीको प्रदर्शन प्रति गम्भीर ध्यानार्कषण गर्दै खस्कँदो प्रदर्शनको बारेमा कप्तान तथा प्रशिक्षकसँग लिखित जानकारी छनौट समिति मार्फत लिने तथा अगामी दिनमा टोलीको प्रदर्शनलाई गम्भीरताका साथ हेरिने समेत निर्णय गरिएको छ भने प्रदेशका खेलाडीहरुको जीवन बिमा गर्ने समेत निर्णय संघले गरेको छ ।

प्रदेश नं २ मा रहेका अम्पाएर तथा स्कोररहरुको भेला बोलाई एउटा समिति निर्माण गर्ने समेत बैठकले निर्णय गरेको छ भने प्रदेश २ का लागि प्रशिक्षक तथा सप्तरी, सिरहा, महोतरी, सर्लाही, रौतहट र बारा गरी ६ जिल्लामा क्रिकेट प्रशिक्षक नरहेकोले नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदसंग प्रशिक्षक माग गर्ने समेत निर्णय गरेको छ ।

बैठक पश्चात पदाधिकारीहरुले महोतरीको बर्दिवासमा महिला क्रिकेट टोलीको प्रशिक्षण समेत अवलोकन गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *