एन्डी फ्लावर किंग्स ११ पंजाबको सहायक कोचमा नियुक्त
काठमाडौं । जिम्बावेका पूर्व खेलाडी र इङल्यान्ड टिमका मुख्य प्रशिक्षक एन्डी फ्लावर आईपीएल २०२० मा नयाँ भूमिकामा देखा पर्नेछन्। किंग्स इलेवन पंजाबले हालको सिजनको लागि फ्लावरलाई सहायक कोचको रुपमा नियुक्त गरेको छ।
किंग्स ११ पंजाबको मुख्य प्रशिक्षकमा अनिल कुम्बले रहेका छन ।
कुम्बले र एन्डी फ्लावरले भारत र जिम्बावेको कप्तान पनि गरिसकेका छन् जसको अनुभव टिमका लागि फाईदाजनक हुनेछ। आर अश्विनलाई रिलिज गरेपछि यस सिजनका लागि टिमको कप्तान केएल राहुललाई हस्तान्तरण गरिएको छ।
पहिलो उपाधि हातपार्ने योजनामा रहेको पंजाबका फिल्डिंग कोचका रुपमा दक्षिण अफ्रिकी पूर्व खेलाडी जोन्टी रोड्स हुनेछन्। साथै पूर्व दक्षिण अफ्रिकी तिब्र गतिका बलर चार्ल लेन्गेभल्डले बलिङ कोचको रुपमा टिमलाई प्रशिक्षण दिनेछन। वसीम जाफरलाई ब्याटिङ कोच नियुक्त गरिएको छ। १२ बर्षसम्म केकेआरसँग आबद्ध रहेका प्रख्यात प्रशिक्षक एड्रियन ली राउक्स पनि यस पटक किंग इलेवन पंजाबको सहयोगी स्टाफको रुपमा हुनेछन् साथै एन्ड्रयू लिपस टीम फिजियोको रुपमा रहेका छन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment