महिला टी–२० विश्वकपको फाइनलमा अष्ट्रेलियाकी अलेसा हेलीको आक्रमक अर्धशतक

डिसी नेपाल
२५ फागुन २०७६ १३:३२

एजेन्सी । अस्ट्रेलियामा जारी महिला टी–२० विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया आज भिडदै छन । अष्ट्रेलियास्थित मेलबर्न क्रिकेट मैदानमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ ।

अष्ट्रेलियाका लागी सुरुवाती क्रममा ब्याटिङ गर्न आएकी ओपनर अलेसा हेलीले आक्रमक ब्याटिङ गर्दै अर्धसतक प्रहार गरेकी छिन । उनले ३० बलमा ७ चौका र २ छक्काको मद्दतले ५३ रन प्रहार गरेकी छिन ।

बिहिबारको भारत र ईंग्ल्याण्डबीचको पहिलो सेमिफाइनल वर्षाले रद्द हुँदा भारत फाईनलमा पुगेको थियो। यस्तै बिहिबार नै भएको दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई ‘डीएल मेथड’मा ५ रनले पराजित गर्दै अस्ट्रेलिया फाईनलमा पुगेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *