संघर्षपूर्ण जीतसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लियो

डिसी नेपाल
२५ फागुन २०७६ १४:३३

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडमाथि १-० गोल अन्तरको जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा खेलको एक मात्र गोल लियोनेल मेसीले खेलको ८१औ मिनेटमा पेनाल्टीबाट गरेका थिए । यस अघि एल क्लासिको हारेको बार्सिलोना यो जितसँगै ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।

यो जितपछि बार्सिलोनाको २७ खेलमा ५८ अंक भएको छ भने एक खेल कम खेलेको रियल म्याड्रिडको ५६ अंक रहेको छ । त्यस्तै रियल सोसीयडाडको भने २७ खेलमा ४३ अंक छ भने लिगको छैठौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.